जुवा खालबाट वडा अध्यक्षसहित ५ जना पक्राउ

रुकुमपश्चिम । रुकुमपश्चिममा वडा अध्यक्षसहित पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

मुसीकोट नगरपालिका मठस्थित उत्तम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा वडा अध्यक्षसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मुसीकोट नगरपालिका वडा नं. १३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसी पक्राउ परेका हुन ।

यस्तै सोही ठाउँका ४३ वर्षीय उत्तम खड्का (घरधनी), ३४ वर्षीय कमल वुढा , ३१ वर्षीय राजाराम वली र ३३ वर्षीय युगल पुन पक्राउ परेका हुन । प्रहरीले उनीहरुबाट एक लाख आठ हजार दुई सय ९०  रुपैयाँ बरामत गरेको छ ।