गुराँस गाउँपालिका ८ नम्बर वडाको ‘एक सय दिन’ मा भएको कामको उपलब्धी सार्वजनिक

सुर्खेत । गुराँस गाउँपालिका ८ नम्बर वडा कार्यालयले ‘एक सय दिन’ मा भएको कामको उपलब्धी सार्वजनिक गरेको छ । वडाले सोमवार ‘एक सय दिन’ मा भएको कामको उपलब्धीहरु सार्वजनिक गर्दै वडाको आफ्नै प्रशासकीय भवन निमार्णलाई पूर्णता दिएको जनाएको छ । कृषि क्याम्पस धरमपोखराको नयाँ भवन निमार्णको काम सुरुवात र पुरानो भवन निमार्णको जिम्मेवार कम्पनीमा ताकेता समेत गरेको छ ।

यस्तै प्रहरी चौकी, लालिकाँडाको प्रशासनिक भवन निमार्ण स्थल एकिन तथा निमार्णको आवश्यक प्रक्रियाको सुरुवात, मालिका माध्यमिक विद्यालयको नवनिर्मित ‘नेपाल भारत मैत्री भवन’ फिनिसिङ्ग, कालिका माध्यमिक विद्यालयमा फर्निचर व्यवस्थापन र नयाँ भवन निमार्णको लागि बजेट सुनिश्चितता गराउन पहल, जनसहयोग नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पक्की घेरबारको काम सुरुवात र शिव प्राथमिक विद्यालयमा नयाँ भवनको लागि आवश्यक प्रक्रिया थालिएको छ ।

त्यस्तै वडामा ‘एक घर एक धारा’ को अवधारणा अनुरुप प्रक्रिया सुरुवात गरिएको छ । यस्तै कालेखोला–पाल्लेखोला सिञ्चाई योजना निमार्ण सम्पन, चतुर्माला सहकारी संकलन केन्द्र भवन निमार्ण सम्पन्न, बैंकसम्म पुग्न नसक्नेको लागि वडा कार्यालयसम्म पनि पुग्न नसक्नेलाई घरमै सामाजिक सुरक्षा भत्ता पु¥याइएको, बालमैत्री स्थानीय शासन भएको वडा पोषणको आवश्यक पूर्व तयारी गरिएको र बालश्रम मुक्त वडा घोषणाको तयारी अन्तिम चरणमा पु¥याइएको छ ।