साविक कर्णालीको दलित समुदायबाट विद्यावारिधी गर्ने गोविन्द नेपाली पहिलो बने

 

जुम्ला । साविकको कर्णालीको दलित समुदायबाट गोविन्द नेपालीले विद्यावारिधी गर्ने पहिलो व्यक्ति बनेको छन् ।

जुम्लाको चन्दननाथ नगरपालिका वडा ३ डाँडाकोटगाउँ स्थानीय घर भएका नेपालीले नेपालको दिगो विकासमा दलितको सामाजिक र साँस्कृतिक सीपको प्रयोग विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेका हुन् ।

त्रिभुव विश्वद्यालयले सोमबार नेपालीलाई विद्यावारिधीको उपाधि प्रदान गरेको हो । उनले उपाधि पाउँदा आफु निकै खुसी र हर्षित भएको बताए ।

यो अध्ययनले नेपालको दलित समुदायको सीप र कलाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने आशा गरिएको छ । उनले अध्ययनले दलित समुदायको कला र सीपको संरक्षणमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।