कर्णाली प्रदेश रंगशाला निर्माणमा करिब ६६ करोड खर्च

फोटो सौजन्य :  बुद्धि सिंह ठकुरी

सुर्खेत । कर्णाली प्रदेश रंगशाला निर्माणमा करिब ६६ करोड खर्च भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आज बिहान पत्रकार सम्मेलनको आयोजना गरि रंगशाला निर्माणमा ६५ करोड ८७ लाख खर्च भएको जानकारी दिएको हो ।

हालसम्म रंगशालामा दर्शक प्याराफिटमा ४ हजार कुर्सिहरुको जडान, भिआईपीतर्फको प्याराफिटमा सिभिल निर्माण कार्यको अन्तिम चरणमा रहेको र जसको फिनिसिङ र छाना निर्माण कार्य बाँकी रहेको परिषद्का सदस्य सचिब विश्वमित्र सञ्ज्यालले जानकारी दिए ।

उनका अनुसार रंगशालमा पौडीपोखरी, व्यावसायीक सटर गेट निर्माण कार्यको सिभिल स्टकचर कार्यको अन्तिम चरण, फुटबल मैदानमा दुबो लगाई स्तर वृद्धिको कार्य जारी, भईरहेको छ । एथलेटिक्स ट्याकको सब बेस र नाली निर्माण सम्पन्न भएपनि रुख रोप्ने, हरियाली गर्ने कार्य जारी रहेको छ।

निर्माणाधिन रंगशालाको कार्य तोकिएको समय भित्र सम्पन्न गर्ने गरी तालिका अनुसार नै काम अगाडी बढेको समेत उनले बताए ।

सञ्ज्यालका अनुसार आगमी वर्ष २०८१ मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशाला निर्माणको कामलाई निरन्तर अगाडी बढाएको छ ।