ठम्मर विष्टले सांसद पदबाट राजीनामा दिए (राजीनामा पत्रसहित)

सुर्खेत । प्रदेश सभा सदस्य ठम्मर विष्टले प्रदेश सभा सदस्यबाट पनि राजीनामा दिएका छन् । उनले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा इमेलमार्फत पठाएका हुन् । माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको घोषणा लगत्तै उनले सांसद पदबाट पनि राजीनामा दिएका हुन् ।

उनले राजीनामा पत्रमा आफु बसेको पार्टीले राष्ट्रघाती सम्झौता गरिरहँदा उही पार्टीमा बसेर विरोध विरोध मात्र गर्नुको औचित्य नहुने र राष्ट्र, जनता, आदर्श र मुल्यमान्यता एवं नैतिकता भन्दा पार्टी र जनप्रतिनिधिहरुको भूमिका ठूलो नहुने निष्कर्षमा पुगेको र आजकै दिनदेखि सांसद पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ ।