स्थानीय तह निर्वाचन : कर्णालीमा उम्मेदवार मनोनयको संख्या १३ हजार बढी

सुर्खेत । स्थानीय तह निर्वाचनका लागि कर्णाली प्रदेशमा १३ हजार ४०३ जना उम्मेदवारहरुको मनोनय दर्ता भएको छ ।

निर्वाचन आयोगले दिउँससम्म गरेको अद्यावधिक गरेको विवरणका अनुसार नगरपालिकाको प्रमुखमा एक सय ७६ र उपप्रमुखमा एक सय ६० जनाले उम्मेदवार दर्ता गरेका छन् ।

यस्तै गाउँपालिका अध्यक्षमा तीन सय आठ र उपाध्यक्षमा दुई सय ८८ को उम्मेदवार दर्ता भएको छ । वडा अध्यक्षमा तीन हजार सात, महिला सदस्यमा दुई हजार ३२८, दलित महिला सदस्यमा एक हजार ९९८, सदस्यमा चार हजार ९३८ जनाले उम्मेदवार दर्ता गरेका हुन् । अद्यावधिक गर्ने कार्य भइरहेकाले बढ्न सक्ने बताइएको छ ।

देश भर एक लाख ४७ हजार २७४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि  वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता गरिएको थियो ।