जुम्लामा एमालेका पछाई विजयी

सुर्खेत । जुम्ला प्रदेश सभा–२ मा एमालेको टेकराज पछाई विजयी भएका छन् । गठबन्धनकाबाट उम्मेदवार समाजवादीका पदमबहादुर रोकायलाई हराउँदै एमालेका टेकराज पछाई विजयी भएका हुन् ।

पछाईले ७ हजार ८ सय १५ मतले विजयी भएका हुन् भने रोकायले ६ हजार ७ सय २२ मत ल्याएका थिए । पछाई नेकपा एमाले प्रदेश कमिटी उप–सचिव समेत हुन्। उक्त क्षेत्रमा जम्मा २० हजार ६१६ मत खसेको थियो।