कालीकोटमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, घाइते एक जनालाई हेलिकोप्टरमार्फत सुर्खेत ल्याइयो

सुर्खेत । कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जितेगडाबाट सिमेन्ट र डिजेल बोकेर नरहरिनाथ गाउँपालिका जाँदै गरेको बा ५ ख ४६४३ नम्बरको ट्रक सोही गाउँपालिकाको वडा नं १ मिलाकामा आज दुर्घटना भएको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेर नरहरिनाथ–१ का जयबहादुर विष्टको मृत्यु भएको छ ।

यस्तै दुर्घटनामा परेर एक जना गम्भिर घाइते भएका छन् । घाइते भएका सोही ठाउँका नेत्रबहादुर विष्टलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत ल्याइएको प्रदेश प्रहरी कार्यालयले  छ ।