
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको दाबी परेको छ । मंगलबार प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनी समक्ष काँग्रेस नेता शाहीले २१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिए पछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न आज साँझ साढे ७ बजेसम्म आव्हान गरेका थिए । मुख्यमन्त्रीमा शाहीलाई माओवादी केन्द्रसहित नेकपा (एकिकृत समाजबादी ) पार्टीको समर्थन रहेको छ ।
दाबी पत्रमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका छ र समाजबादीका तीन जना गरी २१ जनाको हस्ताक्षर छ । मुख्यमन्त्री पदको लागि दाबी पेश गरेका जीवनबहादुर शाहीको सपथ ग्रहण मंगलबार राति ८.३० बजे हुने प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।

फरकबाटो १६ कार्तिक २०७८, मंगलवार १७:०३