सुर्खेतमा पनि एमालेको मिशन ग्रासरुट कार्यक्रम आजदेखी सुरु


सुर्खेत । नेकपा एमाले सुर्खेत जिल्ला कमिटीको आयोजनामा मिसन ग्रासरुट कार्यक्रम आजदेखी सुरु हुँदैछ । जिल्ला समन्वय समितीको हलमा उक्त कार्यक्रम सुरुगर्ने गयारी भएको सचिव कबिन्द्रकुमार केसीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा
जिल्ला कमिटी सदस्य, जिल्ला सल्लाहकार सदस्य , पालिका कमिटी पदाधिकारी ,वडाअध्यक्ष भन्दा माथि रहेका जनप्रतिनिधि सबै, वडा कमिटी अध्यक्ष लगाएतको सहभागिता रहने छ । साथै सुर्खेतमा कृयाशिल जनसंगठनका अध्यक्षहरुलाई समेत उद्घाटन कार्यक्रममा सहभागी गराइने भएको हो ।

यस्तै केन्द्रीय सचिव, कर्णाली प्रदेस ईन्चार्ज, कर्णाली प्रदेस सहईन्चार्ज , केन्द्रीय कमिटी सदस्यहरु, केन्द्रीय सल्लाहकारहरु, प्रदेश कमिटी पदाधिकारी र सदस्यहरुको समेत कार्यक्रममा सहभागिता रहने सचिव केसीले बताए ।