कर्णाली प्रदेश लोकसेवा आयोगले खुलायो ४८७ जना कर्मचारीको विज्ञापन (विज्ञापनसहित)

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले ४८७ पदका लागि विज्ञापन खुला गरेको छ । प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाका लागि पाँचौँ तहका विभिन्न सेवा समूहका लागि अप्राविधिक र प्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन आव्हान गरेको हो ।

अप्राविधिकतर्फ ९२ जना र प्राविधिकतर्फ ३८६ पदका लागि विज्ञापन गरिएको हो । तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उम्मेदवारहरुबाट आयोगको अनलाइन दरखास्त प्रणाली https:// ppsconlinekarnali.karnali.gov.np  मा दरखास्त दिन सकिने छ ।

यस्तै प्राविधिकतर्फ सब इन्जिनियर ५८ जना, कृषि र भेटनरीतर्फ ९९ जना, रेन्जर पाँच, भू संरक्षण दुई जना, म.वि.नि. नौ जना, कम्प्यूटर अपरेटर १५ जना, कम्प्यूटर टेक्निसिएन एक जना, प्राविधिक सहायक १४ जना, संग्राहालय पद प्रदर्शक एक जनाका लागि दरखास्त आव्हान गरिएको छ । स्वास्थ्य आयुर्वेदतर्फ कविराज पदका लागि ६ जनाको लागि विज्ञापन खोलिएको छ ।

हेल्थ असिस्टेन्ट ३० जना, स्टार्फ नर्स ७४ जना, पब्लिक हेल्थ नर्स खुला १६ र महिला एक गरी १७ जना, रेडियो ग्राफर सात जना, ल्याव टेक्निसियन ११ जना, फार्मेसी सहायक पाँच जना, फिजियोथेरापी सहायक तीन जना, मेडिकल रेकर्डर पाँच जना, डेण्टल हाइजेनिष्ट दुई जना, एनेस्थेसिया सहायक नौ जना, बायोमेडिकल टेक्निसियन एक र इसिजि टेक्निसिनय एक जना पदका लागि विज्ञापन खोलिएको छ ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://drive.google.com