सुर्खेत । कर्णाली प्रदेशका दोस्रो मुख्यमन्त्री जिवनबहादुर शाही बन्ने भएका छन् । नेपाली कांग्रेस दलका नेता शाही हुम्ला जिल्लाबाट निर्वाचित सांसद हुन् ।
लामो समयदेखी कुर्सी बचाउने कसरतमा लागेका महेन्द्रबहादुर शाहीले मार्ग प्रशस्त गरेपछि जीवनबहादुर शाहीका लागि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
मुख्यमन्त्री शाहीले २०७८ वैशाख ३ गते संसदमा पेश गरेको विश्वासको प्रस्तावमा एमाले माधव (समूहका) चार जना प्रदेशसभा सदस्यले फ्रलोर क्रस गरि शाहीका पक्षमा मतदान गरेका थिए । तत्कालीन प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले समेत मुख्यमन्त्री शाहीलाई साथ दियो । जसका कारण हालसम्म पनि महेन्द्रबहादुर शाही पदमा आसिन थिए ।
विश्वासको मत लिन सघाउने नेपाली कांग्रेसलाई समेत दुईवटा मन्त्री पद दिइसकेका महेन्द्रबहादुर शाहीले सहमती अनुसार जिवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउनकै लागि राजीनामा दिएका हुन् ।
मंगलबार नै जिवनबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् ।
फरकबाटो १५ कार्तिक २०७८, सोमबार २१:२२