
जाजरकोट । जाजरकोट बस दुर्घटना हुँदा मुत्यु हुनेको संख्या ६ पुगेको छ ।
कुशे गाउँपालिका ९ का वीरबहादुर नेपालीको उपचारका क्रममा मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ पुगेको प्रहरीले जनाएको छ।
नलगाड नगरपालिका ३ का शेरबहादुर नेपाली, सप्तरीको राजविराज नगरपालिका १ का गंगाराम यादव, जाजरकोटको कुसे गाउँपालिका ९ की अनिला नेपाली, पश्चिम रुकुमको आठबीसकोट नगरपालिका ४ की कन्या मल्ल शाही र उहाँकी चार वर्षीया छोरी दिव्याको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका २६ जनामध्ये पाँच जनालाई उपचारका लागि हेलिकप्टर र नौ जनालाई एम्बुलेन्समार्फत नेपालगञ्ज लगिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।
१२ जना स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज भएका छन् ।

फरकबाटो १२ मंसिर २०७८, आईतवार २०:२०