कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन पुस २८ गते

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन पुस २८ गते बस्ने भएको छ ।

प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णय अनुसार बिहीबार प्रदेशसभाको नवौं अधिवेशन (हिउँदे अधिवेशन) पुस २८ गते आव्हान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुर प्रसाद सिग्देलका अनुसार नेपालको संविधान धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले पुस २८ गते बुधबार दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक आव्हान गरेका हुन् ।