ज्योति फाउण्डेशनले आयोजना गर्दैछ, भुकम्प क्षेत्रका महिलाहरुको सहयोगार्थ साँगितिक साँझ


सुर्खेत । ज्योति फाउण्डेशनको आयोजनामा आगामी १५ गते  शुक्रबार साँगितिक  साँझको आयोजना गरिने भएको छ ।  भुकम्प क्षेत्रका महिलाहरुको सहयोगार्थ सुर्खेतमा साँगितिक  साँझको आयोजना गर्न लागिएको ज्योति फाउण्डेशनका सञ्चालक ज्योति कटुवालले जानकारी दिईन् ।

उनका अनुसार साँगितिक  साँझमा कलाकार तिलक सिंह पेला , राज सिग्देल र शिशिर योगि आउने भएका हुन् । “उज्यालो होस् कर्णाली जन्माउने कोख, कर्णाली हुर्काउने काख र कर्णाली बोक्ने काँध , अनी अन्तत उज्यालो होस् पुरै कर्णाली” भन्ने उदेश्यका साथ  साँगितिक  साँझको आयोजना गर्न लागिएको कटुवालले बताईन् ।

साँगितिक  साँझमा सहभागी हुनका लागि  सहयोग रकम रु १००० (एकहजार) देखि रु २००० (दुईहजार) सम्म तोकिएको छ र १५ गते बेलुका ४ बजे सभा हल सुर्खेतमा कार्यक्रमका आयोजना गर्न लागिएको हो ।