माओबादी-काँग्रेसको सरकारले कर्णालीको बर्बादी गर्यो : कंडेल

सुर्खेत । नेकपा एमालेका नेता यामलाल कंडेलले माओबादी-काँग्रेसको सरकारले कर्णालीको बर्बादी गरेको बताएका छन् । आज वीरेन्द्रनगर ११ पिपिरामा आयोजित चुनाबी सभा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं २ (क) बाट प्रदेशसभाका उम्मेदवार समेत रहेका कँडेलले काँग्रेसको सरकार बन्दा कार्यकर्तालाई भरणपोषणबाहेक अरु केही नगरेको बताएका हुन् ।

‘आफ्नो क्षेत्रको विकास गरेको भएपनि हामीलाई चित्त बुझ्थ्यो, उनले भने“ तर सरकारको बजेट आफ्ना कार्यकर्तालाई भरषपोषणमा सकेर कर्णालीलाई बर्बाद बनाए ।”

उनले कर्णाली प्रदेशको राजधानीमा कसैको ध्यान नभएको भन्दै प्रदेश राजधानीको मुहार फेर्न एमालेलाई भोट दिन मतदाताहरुलाई आग्रह गरे ।

कार्यक्रममा प्रतिनिधि सभा समानुपातिक तर्फका उम्मेदवार गेहेन्द्र प्रसाद दाहालले समेत सुखी कर्णाली र सम्बृद्ध कर्णाली बनाउन एमालेको सुर्य चिन्हमा भोट हाल्न आग्रह गरे ।

हिँजोदेखी नागरिकलाई शोषण गरेको पार्टी र दशवर्षे जनयुद्धमा धेरैको ज्यान लिएको पार्टी भन्दा नेकपा एमाले कयौं गुणा जनताको हितको पार्टी भएको उनले दाबी गरे ।

आज बिहान वीरेन्द्रनगर ११ मा घरदैलो कार्यक्रम सकेर बेलुकी सभाको आयोजना गरिएको हो ।