लागू औषधसहित एक जना पक्राउ

सुर्खेत । सुर्खेतमा लागु औषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालयको टोलिले शनिबार  वीरेन्द्रनगर २ कोलडाँडाका २८ बर्षिय खिम बहादुर बुढालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले वडा नं २ कै भुरेली भन्ने ठाउँबाट बुढालाई पक्राउ गरिएको जानकारी दिएको छ । उनीबाट आठ ग्राम सात सय ३० मिलिग्राम ब्राउनसुगर र १२ हजार चार चार सय ५० रुपैयाँ नगद रकम बरामत गरको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रहरी टोलिले घर समेत लुकाएर राखेको लागु औषध पनि बरामत गरेको हो ।