कर्णाली प्रदेश सरकारले पायो पुर्णता : चार मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट सहभागी भएका चार जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त भएका हुन् ।

नवनियुक्त चार मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आज दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।