सुर्खेतमा एमालेको वडा र पालिका अधिवेशन कात्तिक ९ र १५ गते हुने

सुर्खेत  । सुर्खेतमा एमालेको वडा र पालिकाको अधिवेशन क्रमशः कात्तिक ९ र १५ गते हुने भएको छ ।

एमाले सुर्खेतले वडा  र पालिका अधिवेशन प्राविधिक कारणले समयमै गर्न नसकिने भन्दै कात्तिक ९ गते वडा र १५ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको पार्टी अध्यक्ष ध्रुव कुमार शाहीले जानकारी दिए ।

वडा अधिवेशन सम्पन्न गर्नका लागि समन्वय र सहजिकरण गर्ने प्रतिनिधि तोक्न पालिका कमिटीलाई जिम्मेवारी दिने र पालिकाका अधिवेशन सम्पन्न गर्न समन्वय र सहजिकरण गर्न लागि प्रतिनिधि जिल्ला कमिटीलाई तोक्ने जिम्मेवारी दिइएको एमाले सुर्खेतले जानकारी दिएको छ ।