२ हजारभन्दा धेरै मतान्तरसहित रवि लामिछानेको अग्रता

सुर्खेत । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले १२ हजार १९ मतको अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार लामिछानेले २२ हजार ६४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १० हजार ५९ मत प्राप्त गरेका हुन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १० हजार ४५ मत प्राप्त गरेका हुन् ।