कर्णाली प्रदेश : राष्ट्रिय सभा निर्वाचनको लागि मतदान शुरू

सुर्खेत । राष्ट्रिय सभा निर्वाचनको लागि कर्णाली प्रदेशमा मतदान शुरू भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तोकिएको अस्थायी मतदान केन्द्र वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा केहीबेर अघि मतदान सुरु भएको हो ।

कर्णाली प्रदेशमा एक महिला, अन्य एक र अपाङ्गता् अल्पसङ्ख्यक कोटामा गरी तीन सदस्यका लागि छ जनाको उम्मेदवारी रहेको छ । निर्वाचनका लागि कर्णाली प्रदेशमा तीन दलिय गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धामा छन् । कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजबादी) पार्टीले गठबन्धन गराएका छन् ।

एमालेबाट सुर्खेतका चुडामणी शर्मा (खुला), जुम्लाकी गंगा महत(महिला) र दैलेखका पदमबहादुर माझी ( अल्पसंख्यक) उम्मेदवार रहेका छन् ।

गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा माओवादी केन्द्रका नरबहादुर बिष्ट(सुर्खेत) र नेकपा एकिकृत समाजबादीका उदय बोहोरा(सल्यान) उम्मेदवार रहेका छन् । गुरुङ महिलाबाट, बिष्ट अपांगताबाट र बोहोरा अन्यबाट उम्मेदवारी दिएका हुन् ।