एनएमबि बैंकका ग्राहकलाई सुभ होटेल प्रालीमा विशेष छुट

सुर्खेत । एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई सुभ होटेल सुर्खेतमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश क्षेत्रिय प्रमुख मित्र राज प्याकुरेल र सुभ होटेल प्रालि , सुर्खेत, जुम्लारोडको तर्फबाट जनरल म्यानेजर दमनजंग शाहीले ले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले सुभ होटेलमा १५ प्रतिशत सम्म छुट प्राप्त हुनेछ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको कर्णाली प्रदेश क्षेत्रिय प्रमुख मित्र राज प्याकुरेलले जानकारी दिए ।