घरको छतबाट खस्दा एक जना गम्भीर घाइते

सुर्खेत । मुगुमा घरको छतबाट खस्दा एक जना गम्भीर घाइते भएका छन् । छाँयानाथ रारा नगरपालिका वडा न. ११ बस्ने रोवाका ६० वर्षका चन्द्र बहादुर ऐडी घरको छतबाट खस्दा घाइते भएका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ऐडी आफ्नै घरको छतबाट एक्कासी भुईमा खसेका थिए । उपचारका लागि उनलाई जिल्ला अस्पताल मुगु लगिएको छ ।

उनको छाती, अनुहार सुनिएको र बोल्न नसक्ने हुँदा अवस्था गम्भीर रहेको प्रदेश प्रहरीले जनाएको छ ।