जुम्ला । जुम्ला–रारा अल्ट्राम्याराथन प्रतियोगीताको सुरु भएको छ । शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
जुम्ला सदरमुकाम खलंगामा जुम्ला–रारा अल्ट्राम्याराथन प्रतियोगीताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले खेलकुद पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा प्रदेश सरकार लागिरहेको बताए ।
उनले सुर्खेतमा प्रदेश स्तरीय रंगशाला निर्माण गरिहरहेको र जुम्लमा हाइअल्टिच्यूट ट्रेनिङ सेन्टर स्थापना गर्ने बताए ।
मुख्यमन्त्री शाहीले जुम्ला–रारा अल्ट्राम्याराथन प्रतियोगीताले कर्णाली र यस क्षेत्रका प्रतिभाहरुलाई विश्वमा चिनाउन सघाउ पु¥याएको बताए ।
जुम्ला–रारा म्याराथन हरेक वर्ष सञ्चालन हुँदै आएको छ । कर्णाली स्पोट्र्स क्लवका अध्यक्ष सरोज शाहीका अनुसार तीन वर्षयता हरेक वर्ष जुम्ला सदरमुकाम खलंगादेखि मुगुको रारातालसम्मको ४९ किलोमिटर लामो जुम्ला–रारा अल्ट्रा म्यारथन प्रतियोगीताको आयोजना भइरहेको छ । यो वर्ष एक विदेशीसहित ७६ जना धावकहरु सहभागी छन् ।
फरकबाटो २६ चैत्र २०७८, शनिबार ११:३१