ग्यास सिलिण्डर विस्फोटमा घाइते सांसद भण्डारीकी आमाको मृत्यु


सुर्खेत । खाना पकाउने ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ । उपचारका क्रममा बिहान ११ बजे हरिकलाको मृत्यु भएको कीर्तिपुर अस्पतालले जनाएको छ । ८६ वर्षीय हरिकलाको शरीरको ७० प्रतिशत भाग जलेको थियो ।

ग्यास विस्फोटबाट घाइते भएका सांसद भण्डारीको समेत नेपालमा उपचार सम्भव नभएको अस्पतालले जनाउको छ ।

काठमाण्डौको बुद्धनगरमा रहेको घरमा गएराति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । ग्यास लिक भएपछि सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ ।