सुर्खेत । सुर्खेतमा कोभिड –१९ को तेस्रो डोज लगाउनेको संख्या कम देखिएको छ । कोरोना भाइरस कोभिड–१९ को पहिलो र दोस्रो डोज लगाउनेहरुको तुलनामा तेस्रो डोज (Booster Dose) लगाउनेहरुको संख्या कम देखिएको हो ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पहिलो डोजमा २ लाख ७८ हजार ३ सय २४ जनाले खोप लगाएकोमा २ लाख ७३ हजार ९ सय ३९ जनाले मात्रै दोस्रो डोज लगाएका हुन् ।
कार्यालयका प्रमुख गणेश गौतमले पहिलो डोज लगाएपछि दोस्रो डोज लगाउनेहरुमा ४ हजार ३ सय ८५ जना घटेको जानकारी दिए ।
भाइरसको तेस्रो डोज (Booster Dose) लगाउनेको संख्या भने जम्मा १ लाख १८ हजार ५ सय ४५ रहेको गौतमले सुनाए ।
जसमा जिल्लाभरका नौवटा स्थानिय तहमध्ये सिम्ता गाउँपालिकामा भाइरसको पहिलो डोज लगाउने १५ हजार २ सय ६९, दोस्रो डोज लगाउनेहरुमा १४ हजार ८ सय ५३ र तेस्रो डोज लगाउनेहरुको संख्या ८ हजार ७ सय ३ रहेको कार्यालयले जानकारी दिएको छ ।
यस्तै चिङ्गाड गाउँपालिका सुर्खेतमा भाइरसको पहिलो डोज लगाउनेहरुको संख्या १० हजार २ सय ६०, दोस्रो डोज लगाउनेहरु ९ हजार ४ सय ५३ र तेस्रो डोज लगाउनेहरुको सख्ंया ४ हजार ८ सय ५३ रहेको हो ।
लेकवेशी नगरपालिका सुर्खेतमा पहिलो डोज २० हजार ३ सय ६९, दोस्रो डोज १९ हजार ६ सय ४६ र तेस्रो डोज १० हजार ६ सय १२, गुर्भाकोट नगरपालिकामा पहिलो डोज ३८ हजरा ३२, दोस्रो डोज ३५ हजा २ सय ५३ र तेस्रो डोज १९ हजार ३ सय ६० , भेरीगंगा नगरपालिकामा पहिलो डोज लगाउनेहरु २९ हजार ८ सय ८०, दोस्रो डोज लगाउनेहरु २८ हजार २ सय ८२ र तेस्रो डोज ११ हजार ८ सय १४ जनाले खोप लगाएको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै वीरेन्द्रनगर नगरपालिकामा खोपको पहिलो डोज लगाउनेहरु १ लाख ११ हजार ७ सय १९ , दोस्रो डोज लगाउनेहरुको संख्या १ लाख १८ हजार ७ सय ७२ र तेस्रो डोज लगाउनेहरुको संख्या ४४ हजार ६ सय २३ ले मात्रै खोप लगाएको जनस्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको हो ।
यस्तै बराहताल गाउँपालिकामा खोपको पहिलो डोज लगाउनेहरुमा संख्या १७ हजार ५ सय ७०, दोस्रो डोज लगाउनेहरुको संख्या १५ हजार ७ सय १४ र तेस्रो डोज लगाउनेहरुको संख्या ८ हजार ९ सय ८७, पञ्चपुरी नगरपालिकामा खोपको पहिलो डोज लगाउनेहरुको संख्या १९ हजार ८ सय ४१, दोस्रो डोज लागाउनेहरुको संख्या १८ हजार ५ सय १० र तेस्रो डोज लगाउनेहरुको संख्या २ हजार ५ सय १८ रहेको हो ।
यस्तै चौकुने गाउँपालिकामा खोपको पहिलो डोज लगाउनेहरुको संख्या १५ हजार ३ सय ८३, दोस्रो डोज लगाउनेहरुको संख्या १३ हजार ६ सय ५६ र तेस्रो डोज लगाउनेहरुको संख्या ७ हजार ७५ रहेको कार्यालयले बताएको छ ।



फरकबाटो २८ असार २०७९, मंगलवार २१:०१