काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज बुधवार प्रमाणीकरण गरेकी छन् ।

संसद्को दुवै सदनको बैठकबाट पारित भइ पेस हुन आएको यो विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् । यो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

फरकबाटो १८ श्रावण २०७९, बुधबार १५:४५