छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटना परी २ जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा भएका छुट्टाछु्ट्टै सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार वीरेन्द्रनगरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

कार्यालयका डिएसपी रामप्रसाद घर्तिले बिहीबार बिहान तरकारी बोकेको जीप दुर्घटना हुँदा जीप चालक दाङको घोराही उपमहानगरपालिका १३ का २९ वर्षीय राजु बिकको मृत्यु भएको जानकारी दिए ।

दाङबाट वीरेन्द्रनगरतर्फ आइरहेको रा १ च १३१० नम्बरको जीप वीरेन्द्रनगर ११ मा पर्ने भेरीपुल नजिक दुर्घटना भएको थियो । उक्त गाडीमा सवार सहचालक भने सामान्य घाइते भएकाले उनले बताए ।

यस्तै बिहीबार नै ट्रक र स्कुटी एकआपसमा ठोकिदा स्कुटीमा सवार एक जनाको मृत्यु भएको छ । डिएसपी घर्तिका अनुसार स्कुटीमा दिदीभाई सवार थिए । दुर्घटनामा परेर भेरीगंगा १२ का २६ वर्षीय रबिन राना मगरको मृत्यु भएको हो ।

वीरेन्द्रनगर ११ ठूलो बिउरेनीमा छिन्चुबाट वीरेन्द्रनगरतर्फ आइरहेको कर्णाली प्रदेश ०२०० प ७६६९ नम्बरको स्कुटी र जुम्लाबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२ – ००१ प ०१२४ नम्बरको ट्रक एकआपसमा ठोकिएका थिए ।

स्कुटीमा सवार मृतककी दिदी ३२ वर्षीय रानी राना मगर गम्भिर घाइते भएकी छन् । उनको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।