भोलिदेखि कर्णाली उत्सव


सुर्खेत विगत तीन वर्षदेखि हुँदै आएको ‘कर्णाली उत्सव’ को चौथो संस्करण भोलिदेखि सुर्खेतको बुलबुले उद्यानमा सुरु हुँदै छ। उत्सव सञ्चालन गर्दै आएको ऋति फाउण्डेशनले बिहिवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी भोलिदेखि उत्सव सञ्चालन हुने जानकारी दिएको हो ।

उत्सवले कर्णालीको मौलिक इतिहास कोट्याउने, कर्णालीको यथार्थ चित्र प्रस्तुत गर्ने तथा अबको बाटो देखाउन सहयोग गर्ने विश्वास गरीएको छ । उत्सवमा मुल ‘कर्णाली चिन्तन’, ‘कर्णाली खेल्दो छ’, ‘यो शहर, त्यो रहर’, ‘भोट र भेट’, ‘शिक्षा र समर्पण’, ‘दलित र दलिल’, ‘भोक र भोजन’, ‘रेडियोको रस’, ‘सङ्घीयताको पाँच वर्षः कति विस्मात, कति वर्ष रु’, ‘कर्णाली नदी प्रणाली’, ‘कर्णालीमा लगानी’, ‘रूपान्तरण र पुस्तान्तरण’, ‘सग्लो समाजस् सङ्लो राजनीति’, ‘समावेशी शासन,’ ‘डिजिटल डेमोक्रेसी’, ‘कर्णालीदेखि काठमाडौँसम्म’ गरी १६ वटा सत्र रहेका छन् । उत्सवमा विभिन्न क्षेत्रमा योगदान र्पुयाउने व्यक्तिलाई पैकलोको रुपमा प्रस्तुत गरिने छ । उत्सवको पहिलो दिनमा पाँच वटा सेसन हुने छन् ।

जसमा भोलि बिहान १० बजे साइकल र्याली बाजा र चित्रको प्रस्तुति हुनेछ । यस्तै भोलि नै बिहान ११ बजे कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माबाट उत्सवको उद्घाटन र पुर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलबाट निर्वाचन र लोकतन्त्रका विषयमा विद्वत प्रवचन हुने कर्णाली उत्सवका संयोजक कमल लम्सालले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । यस्तै सोही दिन १ बजेबाट विषयगत सत्रहरु सुरु हुने बताईएको छ । पहिलो दिन कर्णालीका चिन्तन सुरु हुने छ । आयोजक संस्थाका अनुसार उत्सवको लागि विभिन्न सङ्घसंस्थासँग समन्वय भइरहेको छ ।

उत्सवमा देशविदेशमा रहेका कर्णालीप्रेमी चर्चित साहित्यकार, कलाकार, लेखक, पत्रकार, खेलाडी, बुद्धिजीवी एवं विशिष्ट व्यक्तिलाई वक्ताका रूपमा आमन्त्रित गरिनेछ । उत्सव यसरी नै निरन्तर ७ गतेसम्म सञ्चालन हुने छ । उत्सवमा कर्णाली प्रदेशभित्र र बाहिर विभिन्न क्षेत्रमा बहस गरिनेछ । यस वर्ष उत्सव सञ्चालन गर्न करीब ६० लाख रकम लाग्ने अनुमान गरीएको छ । गत वर्ष यही समयमा कर्णाली उत्सवको तेस्रो संस्करण सम्पन्न भएको थियो ।