लागु औषधसहित एकजना पक्राउ

सुर्खेत । लागु औषधसहित सुर्खेतमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका ३ को मसुरीखेतबाट प्रहरीले दुल्लु नगरपालिका वडा नं १० का २० वर्षिय दिनेश शाहीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रदेश प्रहरी कार्यालयबाट खटिएको लागुऔषध ब्युरोले उनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

शाहीको साथबाट ८ ग्राम ७ सय ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।