मध्यपश्चिम विश्वविद्यालयबाट पिएचडी उपाधि हासिल गर्ने पहिलो विद्यार्थी पूर्णमान श्रेष्ठ बने

सुर्खेत मध्यपश्चिम विश्वविद्यालयबाट पिएचडी उपाधि हासिल गर्ने पहिलो विद्यार्थी पूर्णमान श्रेष्ठ बनेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको व्यवस्थापन सङ्काय अन्तरगत संचालित विद्यावारिधी कार्यक्रमका प्रथम व्याचका शोधार्थी पूर्णमान श्रेष्ठ विश्वविद्यालयबाट पिएचडी उपाधि हासिल गर्ने पहिलो विद्यार्थी बनेका हुन् । शुक्रबार श्रेष्ठले विएचडीको उपाधि ग्रहण गरेका छन् ।

मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ मेनेज्मेन्टको सभाहलमा व्यवस्थापन सङ्कायका डीन प्रा.डा. दीपबहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

मध्यपश्चिम विश्वविद्यालय डीन कार्यालयका अधिकृत शैलेन्द्र पाठकका अनुसार उक्त कार्यक्रममा रजिष्ट्रार तथा पूर्वमुल्याङ्कनकर्ता प्रा.डा. नारायणप्रसाद पौडेल, शोध निर्देशक प्रा.डा. राधेश्याम प्रधान, शोध सह–निर्देशक प्रा.डा. राजनबहादुर पौडेल र बाह्य शोध मुल्याङ्कनकर्ता प्रा.डा पुष्कर बज्राचार्यको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा बाह्य शोध मुल्याङ्कनकर्ताहरुमा प्रा.डा.अन्जनीकुमार मालवीय र प्रा.डा सदाय हमाल, अनुसन्धान समिति सदस्यहरुमा प्रा.डा. चन्द्रप्रसाद रिजाल र डा. अमृतकुमार शर्मा गैरेको सहभागिता रहेको थियो । पर्यवेक्षकको रुपमा सह–प्रा. वीरबहादुर पौडेल, सह–प्रा. डा. आनन्द प्रसाद सुवेदी, डा. अखिलेशचन्द्र पाण्डे र डा. शुशील कुमार शाहीको समेत उपस्थित रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन मध्यपश्चिम विश्वविद्यालय योजना तथा अनुगनम निर्देशनालयका कार्यकारी निर्देशक तथा व्यवस्थापन संकाय अन्तरगत सञ्चालित दर्शनाचार्य, विद्यावारिधि र महाविद्यावारिधि अनुसन्धान समितिका प्रा. डा. चन्द्र प्रसाद रिजालले गरेका थिए ।