सरकारी कार्यालयमा स्तनपान कक्ष

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका सबै नियकामा स्तनपान कक्ष स्थापना भएको छ । कार्यालयहरुमा कार्यरत कर्मचारी तथा सेवा लिन आउने महिलाहरुलाई बच्चालाई स्तपान गराउन सहज होस् भन्ने उद्देश्यले स्तनपान कक्ष स्थापना गरिने भएको हो ।
सार्वजनिक निकायहरुमा स्तपान कक्ष नहुँदा कार्यालयमा कार्यरत कर्मचारी तथा सेवा लिन आउने महिलाहरुलाई स्तपान कक्ष नहुँदा समस्या हुने गरेको छ । उनीहरुले खुला रुपमा स्तनपान गरानुपर्ने, बालबच्चा घरमै छोड्नुपर्ने बाध्यता छ । प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रदेशका सबै निकायहरुमा स्तपान कक्ष स्थापना गर्ने बताएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले प्रदेशका मन्त्रालय, कार्यालयहरुलगायतका नियकाहरुमा स्तपान कक्ष स्थापना गरिने बताए । विभिन्न मन्त्रालय र कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई पायक पर्ने गरी शिशु स्याहार केन्द्रको स्थापना गर्ने बजेटमा उल्लेख छ ।

प्रदेश सरकारले अघिल्ला वर्षदेखि नै स्तपनमान कक्ष र शिशु स्याहार केन्द्र बनाउने भनिए पनि अहिलेसम्म बनाएको छैन् । केही कार्यालयमा स्तपान कक्ष भए पनि प्रभावकारी नहुँदा स्तपान गराउन समस्या छ । मन्त्री विष्टले आगामी वर्ष प्रदेशका सबै निकायमा स्तनपाा कक्ष र कर्मचारीहरुलाई पायक पर्ने स्थानमा शिशु स्याहार केन्द्र स्थापना गरिने बताए ।

यस्तै बजेटमा कर्णाली प्रदेशका सार्वजनिक संरचनाहरु अपांगमैत्री र लैगिंकमैत्री गराइने उल्लेख छ । महिला आदिवासी, आदिवासि जनजाति , सिमान्तकृत वर्ग, लोपोन्मुख मुस्लिम, दलित तथा लैगिंक तथा यौनिक अल्पसंख्यक, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, तथा हरेक दृष्टिले बञ्चितकरणमा परेका नागरिकका लागि स्रोत साधन र अवसरमा समानता कायम गर्ने लक्षित वर्ग विशेष कार्यक्रम, संचालन गर्ने भएको छ ।

हिंसा पीडित महिलाहरुको उद्दार, पुर्नस्थापना, संरक्षणका लागि सुरक्षित गृह, छोरीहरुको शसक्तिकरण र लैंगिक समानता प्रवद्र्धका लागि यस वर्ष बैंक खाता छोरीको सुरक्षा जीवन भरीको कार्यक्रमलाई निरन्तरता दिएको छ । यस कार्यक्रमलाई प्रभावकारी र प्रतिफलमुखी गराउने गरी उत्पादान क्षेत्रमा लगानी भएको छ ।