प्रहरीले माग्यो अमेरिकी दूतावासबाट रवि लामिछानेको नागरिकता र पासपोर्टको विवरण


सुर्खेत । प्रहरीले काठमाडौंस्थित अमेरिकी दूतावासबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता र राहदानीको विवरण माग गरेको छ।

लामिछानेको नागरिकता विवादबारे अनुसन्धान थालेको प्रहरीले लामिछानेले लिएको अमेरिकी नागरिकता र राहदानीबारे जानकारी माग गरिएको एसएसपी भरत बोहोराले जानकारी दिए।

लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवादलाई लिएर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यसअघि जिल्ला प्रहरी परिसरलाई पत्राचार गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई त्यसबारे पत्राचार गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएसँगै प्रहरीले लामिछानेबारे अनुसन्धान सुरू गरेको हो।