कर्णालीमा दलित युवा सम्मेलन हुँदै

‌सुर्खेत । कर्णालीमा “कर्णाली दलित युवा सम्मेलन” आयोजना गर्न लागिएको छ । समता फाउण्डेशन र युथ नेटवर्क नेपालको सहकार्यमा जात व्यवस्था अन्त्यका लागि कर्णाली प्रदेशका दलित युवाको प्रतिरोधलाई थप सशक्त बनाउन पहिलो “कर्णाली दलित युवा सम्मेलन” आयोजना गर्न लागिएको हो ।

आगामी भदौ ४ र ५ गतेसम्म यो सम्मेल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने भएको छ ।

सम्मेलनमा सहभागी हुन आवश्यक उमेर समूह छुटाइएको छ । कर्णाली प्रदेशका दश जिल्लाका १८ देखि ३९ वर्षका दलित युवाहरुलाई प्रतिनिधित्व हुने गरि सहभागी हुन अपिल गरिएको छ । आवेदन दिने व्यवस्था अनलाइन सिस्टममा राखिएको छ । आवेदन फारमको अन्तिम म्याद २०७९ साउन २५ गते सम्म रहेको छ ।

आगामी भदौ ४ र ५ गतेसम्म सञ्चालन हुने सो सम्मेलनले प्रदेशका दलित युवाले गरेका प्रयास र पहललाई एक अर्कासँग साट्न, ती प्रयासलाई अझ संगठित बनाउन तथा समन्वय र सहकार्यको अवसर सृर्जना गर्दै प्रदेश तथा स्थानीय सरकारलाई समावेशी सुशासनमा सहयोग पुर्‍याउने विश्वास लिएको आयोजकले बताएको छ ।

कर्णाली प्रदेशका राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्मेलन आयोजना गर्न लागिएको हो ।