विपन्न परिवारलाई खाद्यान्न सहयोग

सुर्खेत । दलित महिला संघ सुर्खेतले भेरीगंगा नगरपालिकाको विभिन्न वडामा बसोबास गर्ने बिपन्न परिवारलाई विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । संघले नगरपालिकाको वडा नं. ८, ९, १० र ११ र १३ का विपन्न दलित, अपांगता भएका, गर्भवती, एकल महिला, ज्येष्ठ नागरिक तथा कोभिडबाट प्रभावित भएका अति विपन्नलाई खाद्यान्न सहयोग गरेको हो ।

महिला संघका अध्यक्ष मन्जु सुनारले करिव एक सय जनालाई खाद्यान्न सहयोग गरेको जानकारी दिइन । कोभिडबाट प्रभावित भएका तथा अति विपन्न परिवार र त्यसमा पनि दलित महिलाहरुलाई चाडपर्वमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सहयोग गरिएको उनले जानकारी दिइन ।

उनका अनुसार यस अघि पनि वीरेन्द्रनगर नगरपालिका—१ मा दलित महिलाहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरिएको थियो । दलित महिलाहरुको मानवअधिकार परियोजना अन्तर्गत भेरीगंगामा गठन भएको समूहमा आवद्धहरुलाई उक्त सहयोग गरिएको हो । उनले साढे ५ लाख बढीको सहयोग गरिएको उनले जानकारी दिइन ।