सुर्खेत । आफ्नै श्रीमानकाे हत्या गरि शौचालयमा लुकाएको पाँचवर्षपछि जाजरकोटमा श्रीमती र छोरा पक्राउ परेका छन् । भेरीनगरपालिका वडा नं ६ सिस्नेकी भद्रकला कामी र तुल्सीराम वि.कलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७४ पौष ३० गते ४७ वर्षीय काले कामीलाई श्रीमती भद्रकला कामीले लाठ्ठीले निधारमा हानी हत्या गरी छोराहरु गोबिन्द वि.क र तुल्सीराम वि.क शब घर नजिकै रहेको शौचालयको खाडलमा पुरेको सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीको अनुसन्धानका क्रममा सो शौचालयको खाडल खनी हेर्दा दाँत सहितको खप्पर र प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाईन्ट भित्र मानव कंकाल हड्डीहरु समेत फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
भद्रकला कामी र उनका छोरा तुल्सीराम वि.कलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
फरकबाटो १८ माघ २०७९, बुधबार १६:०२