सुर्खेत । राजनितिक प्रभावका कारण बास्तविक द्धन्द्धपीडितहरु ओझेलमा परेको एक कार्यक्रमका सहभागीले बताएका छन् । अझैपनि बास्तविक पीडितहरुले न्याय नपाउने अवस्था भएको कार्यमक्रमका सहभागीले बताएका हुन् ।
कार्यक्रममा बोल्दै द्धन्द्ध पीडित साझा चौतारी कर्णाली प्रदेश संयोजक शितलसिं राठौरले भिरबाट लडेर घाईते भएकाहरुलाई समेत द्धन्द्धपीडितको सुचीमा राखिएको भन्दै बास्तविक पीडितहरु खोज्न जरुरी भएको बताईन् ।
‘द्धन्द्धमा यौन दुव्र्यवहारमा परेका महिलाहरुले अझैपनि न्याय पाउन सकेको छैनन्’ उनले भनिन् “द्धन्द्धपीडितहरुको गोपनियतामा समेत राज्यतहबाट ख्याल गरिनुपर्छ ।” उनले आँफु पदमा भएको अवस्थामा द्धन्द्धपीडितलाई न्याय दिने नाममा द्धन्द्धबाट प्रभावित नभएकाहरुलाई समेत समेटिएको भन्दै जसका कारण बास्तविक पीडितहरु ओझेलमा परेको बताएकी हुन् ।
कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक ) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले द्धन्द्धपीडितका सवालहरु थुप्रै भएको बताए । सुवेदीले कर्णालीमा द्धन्द्धपीडितको अवस्था, न्याय, परिपुण लगाएतका विषयमा प्रस्तुतीकरण समेत राखेका थिए ।
कार्यक्रममा बोल्दै एड्भोकेसी फोरम कर्णाली प्रदेशका संयोजक मातृका खनालले समेत न्याय नपाउँदासम्म आवाज उठाउनुपर्ने धारणा राखे ।
बुधबार मानव अधिकारका लागि महिला एकल महिला समुह सुर्खेतले आयोजना गरेको ओझेलमा परेका संक्रमणकालिन न्यायको सवालमा आधारित नागरिक संवाद कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रि हिमबहादुर शाहीले कर्णालीमा द्धन्द्धपीडितको तथ्याँक समेत बास्तविक नभएको बताए । उनले सरकारसंग एकखालको र सरोकारवाला अन्य निकायसंग एकखालको तथ्याँक भएको सुनाए ।
‘भैंसीले लात्ति हानेर घाइते भएकालाई पनि द्धन्द्धपीडित भनिएको छ’ उनले भने “सरकारले अब बास्तविक पीडित खोजेर न्याय दिन्छ ।” उनले आगामी आर्थिक वर्षका लागि द्धन्द्धपीडितका लागि थुप्रै कार्यक्रम र बजेट ल्याएको समेत जानकारी दिए ।
मानव अधिकारका लागि महिला एक महिला समुह सुर्खेतका अध्यक्ष ममता नगालले प्रदेश सरकारले द्धन्द्धपीडितका लागि केही गर्छौ भन्ने आश्वासन दिएको भन्दै खुशी व्यक्त गरिन् ।
फरकबाटो ८ असार २०७९, बुधबार १५:२७