
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै नगरको प्रमुखमा एमालेका मोहन माया ढकाल (भण्डारी) र उपप्रमुखमा निलकण्ठ खनाल विजयी भएकी हुन् ।
ढकाल अघिल्लो निर्वाचनमा नगरको उपप्रमुखमा विजयी भएकी थिइन् । प्रमुखमा ढकालले १६ हजार ३८ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उपेन्द्र बहादुर खड्काले १५ हजार ४८४ मत ल्याएका छन् ।
उपप्रमुखमा खनालले २० हजार ३६४ मत ल्याउँदा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी शान्ति ढकालले ११ हजार ५३३ मत ल्याएर पराजित भइन् ।
१६ वटा वडा रहेको वीरेन्द्रनगरमा ११ वटा एमालेले र पाँच वटा नेपाली काँग्रेसले जितेका छन् । काँग्रेसले भने यस पटकको निर्वाचनमा वीरेन्द्रनगरमा पराजय भोग्नु परेको छ । अघिल्लो निर्वाचनमा नगरको प्रमुखमा काँग्रेस विजयी भएको थियो ।

फरकबाटो ५ जेष्ठ २०७९, बिहीबार १७:२२