सुर्खेत । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहको पक्षमा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ गरी ३६ जना सांसदले मत दिए । यस्तै उनको प्रस्तावको विपक्षमा ८ मत परेको छ भने एक मत तटस्थमा खसेको छ । आजको बैठकमा ४५ जना सांसद उपस्थित थिए ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । यस आधारमा मुख्यमन्त्री शाहले प्रदेश सभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा शाह यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
फरकबाटो २९ श्रावण २०८१, बुधबार २१:३१