सुर्खेतमा जीप दुर्घटना, चार जनाको ज्यान मृत्यु


सुर्खेत । सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

हिजोराती साढे दुई बजेतिर बा ०१०२६ च ९२१३ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोलामा दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

दुर्घटनामा जीप चालक वीरेन्द्रनगर-७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका-५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर गाउँपालिका-३ का ३३ वर्षका दीपेन्द्रजङ्ग शाही र गुराँस गाउँपालिका-३ का ३६ वर्षका राजेन्द्र बीसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, २५ वर्षका भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाही भने घाइते भएका छन् । उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।