
सुर्खेत । अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७ सय ३ भएको जानकारी गराउँदै सुचीकरण अद्यावधिक गर्न प्रेश काउन्सिल नेपालले आग्रह गरेको छ ।
आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सूचीकरण अद्यावधिक गर्नुपर्ने मापदण्ड रहेको काउन्सिलले स्मरण गराएको हो ।
काउन्सिलले सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गर्न आग्रह गरेको हो ।
तोकिएको समयभित्र अद्यावधिक नभएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक सूचीकरणबाट अलग राखिने काउन्सिलका उपप्रशासकिय अधिकृत रामशरण बोहराले जानकारी दिए ।

फरकबाटो १८ मंसिर २०७९, आईतवार १८:१९