गुर्भाकोटको प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी

सुर्खेत । गुर्भाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी भएका छन् । नगरको प्रमुखमा हस्त पुनले एक हजार ७८९ मतान्तरले विजयी भएका हुन् । उनले ११ हजार ९७८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलक बहादुर खत्रीले १० हजार १८६ मत ल्याए ।

यस्तै उपप्रमुखमा काँग्रेसकी मैना विकले ११ हजार ७४३ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शुसिला कुमारी विश्वकर्मा(सुनार) ले दश हजार २९९ मत ल्याइन् । नव निर्वाचन प्रमुख पुन र उपप्रमुख विक २०७४ सालको चुनावमा पनि निर्वाचित थिए ।