
सुर्खेत । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै हुने भएको छ । देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमबारबाट मत गणनाको कार्य हुँदैछ । साथै, आइतवार बिहानैवाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरू गर्ने तयारी भइरहेको छ।
काठमाडौं उपत्यका भित्र काठमाडौं– ७, भक्तपुर–२, ललितपुर २ र ३ को मतगणना सुरू भइसकेको छ भने काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि सुरू हुँदै छ।

फरकबाटो ५ मंसिर २०७९, सोमबार ०९:३१