नेपालले अफगानिस्तानसँग २ वटा मैत्रीपूर्ण फुटबल खेल्ने

 

काठमाडौं । नेपाली राष्ट्रिय टोलीले अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

नेपाल र अफगानिस्तानबीच कतारको दोहामा आउँदो जेठको ११ र १५ गते मैत्रीपूर्ण खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । एसियन कप फुटबल छनोटको तयारी गरिरहेको नेपालले छनोटअघि मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

आउँदो जुनमा हुने छनोटका लागि नेपाल कुवेत, इन्डोनेसिया र जोर्डनसहित समूह ’ए’ मा रहेको छ । हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली आउँदो वर्ष हुने एसियन कप फुटबलका लागि छनोट हुनेछन् ।