शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई चार दिन हिरासतमा राख्न अनुमति


सुर्खेत । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ । आज जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उक्त प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् ।