कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा


सुर्खेत । कार्यवाहक प्रधानमन्त्री समेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँण सुर्खेत आइपुगेका छन् । सुदूर पश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न जाने क्रममा उनी सुर्खेत आइपुगेका हुन् ।

गृहमन्त्री खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले सुर्खेतमा स्वागत गरेका छन् ।

सुर्खेत बिमानस्थलमा नेता कार्यकर्ताहरुसंग भेटगरि खाँण सुदुरपश्चिम प्रदेशतर्फ फर्किएको काँग्रेस जिल्ला सभापती कमलराज रेग्मीले जानकारी दिए ।