वीरेन्द्रनगर नगरपालिका कोरोना विरूद्धको पूर्ण खोप पालिका बन्यो

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका कोरोना विरुद्धको पूर्ण खोप पालिका बनेको छ । बिहीबार एक कार्यक्रमकाबिच नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको हो ।

नगरपालिकामा लक्षित जनसंख्या भन्दा धेरैलाई खोप लगाइ सके पछि पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका स्थानीय र बाहिरबाट आएर बसोबास गरिरहेकालाई समेत पूर्ण खोप दिइ सकिएको छ ।

नगरपालिकाभित्र ९९ हजार ९०५ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य रहेकोमा चैत २३ गतेसम्म १ लाख १८ हजार ९४६ जनालाई पूर्ण खोप लगाइएको छ । नगरपालिकाले सबै घरधुरीमा सर्वेक्षण गरेको र बाँकी रहेकालाई पनि लगाएकाले कोरोना विरुद्धको पूर्ण खोप पालिका घोषणा गरिएको जनस्वास्थ्य अधिकृत भुपेन्द्रदेव गिरीले जानकारी दिए ।