वीरेन्द्रनगर र भेरीगंगाको बिजयी सुरुवात

सुर्खेत । वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकपमा वीरेन्द्रनगर र भेरीगंगाले बिजयी शुरुवात गरेको छन् ।

आज भएको पहिलो खेलमा सिम्ता गाँउपालिकालाई २–०  गोल अन्तरले पराजित गर्दै वीरेन्द्रनगरले बिजयी सुरुवात गरेको हो ।
यस्तै आजै भएको दोस्रो खेलमा भेरीगंगा नगरपालिकाले बराहताललाई हराउँदै बिजयी सुरुवात गरेको छ । बराहताललाई ४–१ गोल अन्तरले हराउँदै भेरीगंगा बिजयी भएको हो ।

काँक्रेविहार युवा क्लब सुर्खेतले पहिलोपटक अन्तरपालिक स्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको विजेताले एकलाख पुरस्कार पाउनेछन् । उपविजेताले ५० हजार रूपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।