सुर्खेत । प्रतिनिधिसभाको आज मङ्गलवारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । हिजो सोमवार पनि सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पुनः सूचना टाँस गर्दै स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ ।
सभामुख देवराज घिमिरेले अर्को बैठक साउन २२ गते सोमवारका लागि तोकेका हुन् । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । तर सत्तापक्ष भने संसद् चलाएर सरकारले जवाफ दिन पाउनुपर्नेमा मागमा अडिग छ ।
फरकबाटो १६ श्रावण २०८०, मंगलवार १६:१२