सुर्खेत । संविधान दिवसको अवसरमा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘राज्य सञ्चालनको मेरुदण्ड संविधान, मौलिक हक कार्यान्वयन गर्न राज्यको भुमिका’ भन्ने शीर्षकमा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

नवज्योति युवा सञ्जालको आयोजनामा एईआईएन लाजमबर्कको आर्थिक सहयोगमा संविधान दिवसको पूर्वसन्ध्यामा वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको हो । वक्तित्वकला प्रतियोगितामा १९ जना प्रतियोगी रहेका थिए । प्रतियोगितामा प्रथम क्षितिज पाण्डे, द्धितिय दिपक टमटा, तृतीय प्रबिन चौधरी र सान्तवना भबना सुनार भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निल कण्ठ खनालले प्रतिष्पर्धी वक्ताहरुलाई शुभकामना दिदै संविधान राज्य सञ्चालनको मेरुदण्ड भएको बताए । यसमा सबैले दत्तचित्त भएर लाग्नु पर्ने उनको भनाई छ । उनले संविधान अनुसार कार्यान्वयन पक्ष राम्रो भए देश विकासले फट्को मार्ने बताए ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष निर्मल विष्टले आजका युवा बालबालिका भोलिका कर्णधार हुन भन्दै बाल बालिकाको कार्यक्रममा केन्द्रित सहयोग वडाबाट पनि सहकार्य गर्दै जाने भन्दै सकारात्मक सन्देश दिएका छन् ।
यस्तै कार्यक्रमका बिशेष अतिथि नवज्योती केन्द्रका निर्देशक सिस्टर रोसिटाले हजारौं बालबालिकामा क्षमतावान लिडरसिप गर्न सक्ने क्षमता भएको बताइन् । यिनीहरूको क्षमता विकास गर्नका लागि यस्ता कार्यक्रमहरु गरिनु पर्ने उनको भनाई छ ।
नवज्योति युवा संजालका अध्यक्ष सुशील सुनारले नेपालको संविधान २०७२ मा भाग ३ धारा १६ देखि ४७ सम्मका मौलिक हक सबै कार्यान्वयन नभएका बताए । कार्यक्रममा नवज्योति युवा सञ्जालका युवाहरु र नवज्योति बाल समूहका बालबालिकाको सहभागि रहेको थियो ।

ललिता विश्वकर्मा ओड २ आश्विन २०७९, आईतवार २०:५१